एजेन्सी (काठमाडौं), ३१ बैशाख–म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ। युनाइटेडको घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले १(० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो।

आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो।

आर्सनलको जित सँगै प्रिमियर लिगको उपाधि लिगको अन्तिम खेलमा छिनोफानो हुने भएको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीले २ खेल खेल्न बाँकी छ भने आर्सनलले १ खेल बाँकी रहेको छ।

जित पछि आर्सनलको ३७ खेलमा ८६ अंक छ। दोस्रो स्थानमा रहेको सिटीको ३६ खेलमा ८५ अंक छ। सिटीले अब टोटेनहम हट्सपर र वेस्ट ह्याम विरुद्ध खेल्न बाँकी छ। आर्सनलले भने एभर्टनविरुद्ध खेल्नेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *