गोविन ल्वागुन/झिलझिले, ३१ बैशाख–झापाको शिवसताक्षीस्थित झिलझिलेमा जारी मेयर कप अन्तर्गत आज (सोमबार) सम्पन्न भएको खेलमा वडा नं ३ र १० विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा वडा नं ५ लाई ३–० गोल अन्तरले पराजित गर्दै वडा नं। ३ विजयी भएको हो । त्यसैगरी आजै दोस्रो खेल वडा नं ६ र वडा नम्बर १० बिच भएको थियो ।

उक्त खेलमा वडा नम्बर ६ लाई ५–० गोल अन्तरले हराउँदै वडा नं १० विजयी भएको नगर खेलकुद विकास समितिका संयोजक सुरज रिङ्गालुङ राईले जानकारी दिए ।

त्यस्तै गरी आजैबाट क्रिकेट खेल पनि सुरु भएको छ ।आजको खेल वडा नम्बर ३ र ८ बिच भएको क्रिकेट प्रतियोगितामा वडा नं ३ लाई हराउँदै वडा नं। ८ विजयी भएको छ । वडा नं८ ले १५ ओभरमा ३०८ रनको तारगेट दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर ३ भने ५६ रनमा अल आउट हुन पुग्यो । सो खेलमा वडा नं ८ का खेलाडी विजय घिमिरेले ४७ बलमा १७६ रनको योगदान दिएका घिमिरेलाइ म्यान अफ द म्याच घोषित गरिएको थियो ।

प्रतियोगिता हिजोबाट सुरु भएपनि आज (सोमबार) औपचारीक उद्घाटन गरिएको हो । उद्घाटनका कार्यक्रमलाइ सम्बोधन गर्दै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिवसताक्षीलाई खेलकुदको हवका रुपमा विकास गर्न वडाबाटै खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म खेलाडी शिवसताक्षीको प्रतिनिधित्व गर्ने गरी काम सुरु गरिएको बताए । उनले शिवसताक्षीबाट अहिले पनि २ जना राष्ट्रिय टिममा समावेश पाएको जानकारी दिए । उनले नगरका सबै वडाका खेलाडीहरुलाई अनुशासित र मर्यादित भएर खेल खेल्ल सुझाएका थिए ।

प्रतियोगितामाको उद्घाटन कार्यक्रममा शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङ्गहाङ, योजना अधिकृत प्रकाश चौधरी, वडा नं ६ का वडाध्यक्ष मनोज खुलाल कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भोलि मंगलबारको पहिलो खेल शिवसताक्षी भेट्रान र वडा नं २ बीच र दोस्रो खेल वडा नं४ र वडा नं। ८ बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फुटबलतर्फ प्रथमले ७० हजार, द्वितीयले ५० हजारसहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । त्यस्तै, भलिबलतर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार, क्रिकेट खेल तर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार र व्याडमिन्ट डबलतर्फ प्रथम १० हजार, द्वितीयले ६ हजार र सिंगल तर्फ प्रथम ५ हजार र द्वितीयले ३ हजार सहित ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गर्ने आयोजक शिवसताक्षी खेलकुद विकास समितिले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *