क्रिकेटर सन्दीप लामिछाने

काठमाण्डौं, २ जेठ–उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा बुधबार सुनुवाइ हुने भएको छ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि बुधबार सुनुवाइ हुने भएको हो।

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *