म्यान्चेस्टर सिटी

काठमाडौ, २ जेठ–इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड झन रोमान्चक बनेको छ।

उपाधि कसले जित्ने भन्ने टुंगो लिगको अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ। लिगमा एक एक खेल बाँकी छँदा आर्सनल र म्यानचेस्टर सिटी कसले जित्ने हो टुंगो लाग्न बाँकी छ।

इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले गएराति टोटनहमलाई २–० ले हराएको छ। हालान्डले खेलको ५१ औं मिनेटमा पहिलो गोल गरे। त्यसपछि दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा पेनाल्टीबाट दोस्रो गोल थपे।

जितपछि सिटीले लिग तालिकाको शीर्षमा आर्सनलमाथि दुई अंकको अग्रता लिएको छ। सिटीको ८८ अ्रक छ भने आर्सनलको ८६ अंक रहेको छ।

लिगमा अब एकै चरणका खेल मात्र बाँकी छ। अन्तिम चरणको खेलमा सिटीले वेस्ट ह्यामको सामना गर्नेछ भने आर्सनल एभर्टनसँग भिड्नेछ।

अन्तिम खेलमा विजयी सिटीले उपाधि हात पार्नेछ। लिग चरणका अन्तिम खेल आगामी आइतबार हुनेछन्। सिटीले जिते उसले लगातार चार पटक उपाधि हात पर्नेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *