गोविन ल्वागुन/झिलझिले, २ जेठ–झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेमा जारी मेयर कपमा हिजो (मंगलबार) भएको फुटबल तर्फको खेलमा वडा नं। वडा नं ८ र शिवसताक्षी मिनी भेट्रान विजयी भएको छ ।

पहिलो खेलमा शिवसताक्षी ८ ले वडा नं। ४ लाई १– ० गोल अन्तरले पाखा लगाउदै विजयी भएको छ । खेलको म्यान अफदी म्याच पराजित वडा नं ४ का गोल किप्पर रामकुमार ताजपुरिया घोषित भए ।

त्यस्तै, मंगलबारै भएको दोस्रो खेलमा शिवसताक्षी २ लाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पाखा लगाउदै मिनी भेट्रान विजयी भएको छ । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । खेलको म्यान आफदी म्याच मिनी भेट्रान क्बलका गोल रक्षक डम्बरबहदुर सेलिङ्ग (रविन) घोषित भए ।

त्यस्तै, हिजो (मंगलबारै) भएको क्रिकेट तर्फको पहिलो खेलमा वडा नं। ९ विजयी भएको छ । वडा नं। २ लाई १ उइकेटले हराउँदै वडा नं। ९ विजयी भएको हो । खेलको म्यान आफदी म्याच वडा नं। ९ का खेलाडी प्रसाद लक्सम घोषित भए । उनले २ उइकेट लिएर २४ रन बनाएका थिए । दोस्रो खेलमा वडा नं। १० विजयी भएको छ ।

शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुको टिम विरुद्ध १८ बलमा ४९ रन बनाउँदै वडा नं। १० विजयी भएको आयोजकले जनाएको छ । जसको म्यान अफदी म्याच वडा नं। १० का सरोज बस्नेत घोषित भए ।

चार वटै खेलबाट म्यान आफदी म्याचको घोषित भएका खेलाडीहरुलाई शिवसताक्षी नगरपालिकाका शिक्षा शाखा प्रमुख छविलाल ढकाल, वडा नं ४ का वडाध्यक्ष विष्णुप्रसाद प्रसाई र नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङ्गगालुङले नगद तथा ट्रफी प्रदान गरेका थिए ।

त्यस्तै, नगर कप अन्तर्गतको ५ खेल मध्ये तीन भलिबल खेल सम्पन्न भएको छन् । २ वटा खेलमा वडा नं ९ र २ लाई स्वत विजयी घोषणा गरिएको छ । भलिबलमा वडा न। १, ६, ११, विजयी भएका छन् । वडा नं। ७ लाई हराउँदै वडा नं। १ विजयी भएको हो । त्यस्तै आजै भएको खेलमा वडा नं। ८ लाई पछि पार्दै वडा नं। ६ विजयी भएको छ ।

त्यस्तैगरी वडा नं। ३ लाई हराउँदै वडा नं। ११ विजयी भएको आयोजकले जनाएको छ । वडा नं ९ र वडा नं ४ बीच हुने भलिबल खेल र वडा नं २ र ५ बीच हुने भलिबल खेलमा वडा नं। ५ र ४ को टिमले खेलमा सहभागिता नजनाएपछि आयोजकले वडा नं ९ र २ लाई विजयी घोषित गरेको आयोजकले जनाएको छ ।

फुटबल तर्फको भोली बुधबार वडा नं। ७ र ९ , त्यस्तै वडा नं। ११ र १० बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फुटबल तर्फ प्रथमले ७० हजार, द्वितीयले ५० हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । त्यस्तै, भलिबल र तर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार, क्रिकेट खेल तर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार र व्याडमिन्ट डबलतर्फ प्रथम १० हजार, द्वितीयले ६ हजार र सिंगल तर्फ प्रथम ५ हजार र द्वितीयले ३ हजार सहित ट्रफी मेडल, प्रमाण पत्र प्राप्त गर्ने आयोजक शिवसताक्षी खेलकुद विकास समितिले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *