झिलझिले, २ जेठ–शिवसताक्षी नगरपालिकाको झिलझिलेमा जारी मेयर कप अन्तर्गत बुधबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं ९ र वडा नं ११ सेमी फाइनलमा प्रवेश गरेका छन् ।
फुटबलतर्फ पहिलो खेलमा वडा नं ९ सेमीफाइनलमा प्रवेश गरेको छ । वडा नं ७ लाई १–० गोल अन्तरले हराउँदै ९ सेमी फाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफदी म्याच वडा नं ७ का टिम क्याप्टेन प्रनिष फागो घोषित भएका छन् ।
त्यस्तै, आज भएको दोस्रो खेलबाट शिवसताक्षी ११ सेमी फाइलनमा प्रवेश गरेको छ । वडा नं १० लाई ट्राइवेकरमा ४–३ गोलअन्तरले हराउँदै वडा नं ११ सेमी फाइलनमा प्रवेस गरेको आयोजक नगर खेलकुद विकास समितिले जनाएको छ । खेलको म्यान आफदी म्याच वडा नं ११ का आकाश पौडेल घोषित भएका छन् ।
त्यसैगरी, भलिबलतर्फ पहिलो खेलमा वडा नं ७ फाइलनमा प्रवेश गरेको छ । दोस्रोे खेलबाट वडा नं ११ फाइनलमा प्रवेश गरेको छ । वडा नं ९ लाई हराउँदै वडा नं ११ फाइनलमा प्रवेश गरेको हो । भोली विहीबार भलिबल तर्फको पाइनल खेल वडा नं। ७ र ११ बीच हुने छ ।
त्यस्तै आजै भएको क्रिकेट प्रतियोगितामा वडा नं। ५ लाई हराउँदै वडा नं। ७ विजयी भएको छ । वडा खेलको म्यान अफदी म्याच वडा नं। ७ का खेलाडी गोपाल नेपाल घोषित भए । उनले ४३ बलमा ९८ रन बनाएका थिए ।
त्यसैगरी दोस्रो खेलमा वडा नं ४ विजयी भएको छ । वडा नं १ लाई हराउँदै वडा नं ४ विजयी भएको आयोजकले जनाएको छ । खेलको म्यान आफदी म्याच वडा नं ४ का खेलाडी सन्देश श्रेष्ठ घोषित भएका छन् । उनले ५ बलमा १३० रन बनाएका थिए । भोलीबाट क्रिकेट तर्पmको दोस्रो चरणको खेल हुने छ ।
प्रतियोगिताको फुटबलतर्फ प्रथमले ७० हजार, द्वितीयले ५० हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । त्यस्तै, भलिबलतर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार, क्रिकेट खेल तर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार र व्याडमिन्ट डबलतर्फ प्रथम १० हजार, द्वितीयले ६ हजार र सिंगल तर्फ प्रथम ५ हजार र द्वितीयले ३ हजार सहित ट्रफी मेडल, प्रमाण पत्र प्राप्त गर्ने आयोजक शिवसताक्षी खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईले जानकारी दिनुभएको छ ।
