दमक, २ जेठ–यहि जेठ ७ गते शुक्रबारदेखि १३ गते बिहिबारसम्म सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले १५औं बार्षिकोत्सव मनाउने तयारी गरेको छ । सो सहकारी संस्थाका कर्जा बिभाग प्रमुख इश्वरी नेपालका अनुसार १५औं बार्षिकोत्सवको अवसरमा सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यमैत्री बिभिद गतिविधिहरु संञ्चालन गर्ने भएको हो । ्

दमक ६ मा अवस्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सप्ताहव्यापी कार्यक्रमहरुसहित बार्षिकोत्सव मनाउन लागिएको कर्जा बिभाग प्रमुख नेपालले बताउनुभयो । वहाँका अनुसार ७ गते शुक्रबादेखि १३ गतेसम्म दैनिक बिहानी सत्रमा योग शिविर सञ्चालन हुने, ९ गते आइतबार अन्तर सेयरसदस्य ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने भएको छ ।

जेठ १० गते, सोमबार नगरपालिका रोड र राधाकृष्ण टोलमा सरसफाइ एवं सय वटा गमलामा विभिन्न प्रजातिका विरुवा रोपिनेछ । त्यस्तैं, ११ गते मंगलबार दमकस्थित अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिर जवाफ प्रतियोगिता सञ्चालन गरिनेछ ।

जेठ १२ गते, बुत्रकार संंस्थाका शेयर सदस्यहरुबीच छोरा–छोरीहरु (बाल सदस्य) लाई स्कूल ब्याग तथा शैक्षिक सामग्री वितरणको कार्यक्रम राखिएको छ । त्यस्तै, जेठ १३ गते (बिहिबार) संस्थाको १५र्आं बार्षिकोत्सव समापनको अवसरमा वृहत रक्तदान, सम्मान, तथा पुरस्कार बितरण गरिने भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *