काठमाडौं, ३ जेठ–राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक र साँस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अघि बढ्नुपर्ने बताएका छन्।

सीता जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले मुलुकमा सबै किसिमका विभेद अन्त्य हुनुपर्ने बताएका हुन्। उनले जगत् जननीका रूपमा पूजाअर्चना गरिने मातृशक्ति सीता मिथिलाभूमि नेपालकी सुपुत्री हुनु नेपालीका लागि गौरवको विषय भएको बताए।

उनले मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीका रूपमा समेत माता सीताको श्रद्धा गर्ने गरिएको स्मरण गरे।

‘माता सीताको जन्म हाम्रो पौराणिक तथा साँस्कृतिक विश्वासको धरोहरकारूपमा रहिआएको छ, जानकी, वैदेही, जनकनन्दिनीलगायत सीताका अन्य धेरै नामहरूलाई श्रद्धापूर्वक लिइने गरिएको छ’, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *