काठमाडौं, ३ जेठ–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन्। बिहीबार दिउँसो उनले प्रदेशसभाबाट विश्वासको पाएका हुन्।

प्रदेशसभामा उपस्थित २८ सांसदहरूमध्ये पक्षमा २८ मत विपक्षमा शून्य मत र तटस्थमा शून्य मत परेको सभामुख भीमबहादुर भण्डारीले बताए।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ।

नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई र स्वतन्त्र सांसद डा.तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्।

नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका (सभामुखबाहेक) १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक-एक सदस्य छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *