प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा

काठमाडौँ, ३ जेठ–नेकपा ृएकीकृत समाजवादी) पनि सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउनैपर्ने पक्षमा उभिएको छ। ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सहकारीमा राखिएको सर्वसाधारणको रकम फिर्ता तथा दोषीमाथि कारबाहीका लागि समिति बनाउनुपर्ने निष्कर्ष निकालेको हो।

बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी संस्थाले अधिकारको दुरुपयोग गरेको बैठकको निष्कर्ष सुनाए।

‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनराशि दुरुपयोग गरेर आर्थिक तथा वित्तीय अपराध गरेका दुःखद घटना सार्वजनिक भइरहेका छन्’, उनले भने, ‘यो सन्दर्भमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ। यो बैठक समग्र समस्या समाधानका लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्छ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *