संखुवासभा, ४ जेठ–सखुवासभाको चिचिला गाउँपालिका २ ज्यामिरेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ।

बुधबार स्थानीय कागुवा खोलामा माछा मार्ने क्रममा करेण्ट लाग्दा स्थानीय २४ वर्षीय छेम्बी शेर्पाको मृत्यु भएको हो।

ब्याट्रीको प्रयोग गरी खोलाको माछालाई लगाएको करेन्ट आफैँलाई लाग्दा घटनास्थलमा नै शेर्पाको मृत्यु भएको हो।

शेर्पाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *