रौतहट, ४ जेठ–जनकपुरबाट वीरगञ्ज आउँदै गरेको बस रौतहटको जङ्गलमा पल्टिएको छ।

शुक्रबार बिहान करिब साढे ६ बजेको समयमा जनकपुरबाट वीरगञ्ज आउँदै गरेको ना ४ ख ४१२४ नम्बरको बस पूर्वपश्चिम राजमार्गस्थित चन्द्रपुर २ को लच्का नजिक पल्टिएर दुर्घटना भएको हो।

अचानक बस पल्टिँदा सो बसमा सवार ३२ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ। दुर्घटनामा परी घाइते भएका सबैजनाको चन्द्रनिगापुरस्थित चन्द्रपुर हस्पिटल प्राली र सिभिल हस्पिटल प्रालीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

घाइते मध्ये सबैको अवस्था सामान्य रहेको छ। बस चालक धनुषाको जनकपुर उपमहानगरपालिका ७ का राजकुमार मण्डललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *