गोविन ल्वागुन झिलझिले, ५ जेठ–झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेमा जारी मेयर कपको फुटबलको फाइनलमा आज (शनिबार) वडा नं ११ र ८ भिड्ने भएका छ्न ।
हिजो (शुक्रबार) सम्पन्न भएको पहिलो सेमीफाइलमा खेलमा मिनी भेट्रान क्लबलाई ५–१ गोल अन्तरले हराउँदै वडा नं ११ फाइलनमा प्रवेश गरेको थियो ।
वडा नं ११ को तर्फबाट निकेश श्रेष्ठले २ गोल, देव मल्लिक, आकास पौडेल र सुरज मगरले १-१ गोल गरेका थिए । यता मिनी भेट्रानको तर्फबाट लक्ष्मण अधिकारीले एक गोल गरेका थिए । खेलको म्यान अफदी म्याच वडा नं ११ खेलाडी निकेश श्रेष्ठ घोषित भए ।
त्यस्तै, दोश्रो सेमी फाइनल खेलबाट वडा नं ८ फाइलनमा प्रवेश गरेको छ । ट्राइबेकरमा वडा नं। ९लाइ हराउँदै वडा नं। ८ फाइनलमा प्रवेश गरेको हो । आज हुने फाइलन खेलमा वडा ८ र ११ भिड्ने पक्का भएको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो ।
त्यस्तै शुक्रबार नै क्रिकेट विधा तर्फ भएको पहिलो सेमी फाइलन खेलमा वडा नं। ११ फाइलनमा प्रवेस गरेको छ । वडा नं। ११ ले वडा नं ९ लाई २८ रनले हराउँदै फाइलनमा प्रवेश गरेको छ । खेलको म्यान अफदी म्याच वडा ११ का खेलाडी नेत्र पाठक घोषित भएका छन् ।
त्यस्तै क्रिकेट विधाको दोस्रो खेलबाट वडा नं ८ फाइनलमा प्रवेस गरेको छ । वडा १० लाई हराउँदै ८ फाइनलमा प्रवेश गरेको हो ।
शिबसताक्षी नगर खेलकुद विकास समितिका संयोजक सुरज रिङ्गालुङ राईका अनुसार आज (शनिबार) हुने फाइनल वडा नं। ८ र ११ भिड्ने छन् ।
त्यस्तै, कराते बिधाको भने छिनोफानो भैसकेको छ यस बिधामा क्रमशः वडा नम्बर १०, ८,र ६ पहिलो दोस्रो र तेस्रो भैसकेका छ्न ।
प्रतियोगिताको फुटबल तर्फ प्रथमले ७० हजार, द्वितीयले ५० हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । त्यस्तै, भलिबलतर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार, क्रिकेट खेल तर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार र व्याडमिन्ट डबलतर्फ प्रथम १० हजार, द्वितीयले ६ हजार र सिंगल तर्फ प्रथम ५ हजार र द्वितीयले ३ हजार सहित ट्रफी मेडल, प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका सम्योजक राईले जानकारी दिएका छन ।
