राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी

काठमाडौं, ७ जेठ–राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्रीले १७ महिनामा चारपटक विश्वासको मत लिनुपर्ने अवस्था आउनु बदनामीको विषय भएको बताएका छन्।

सोमबार संसद भवन परिसरमा पत्रकारहरूसँगको कुराकानीमा केसीले १७ महिनामै चार पटक विश्वासको मत लिनुपर्ने अवस्था संसारमै बदनामी हुने विषय रहेको बताएका हुन्।

‘यो संसारलाई बदनाम होइन रु नेपाली जनताको अगाडि बदनाम होइनरु,’ उनले भने। यसले सत्तापक्षलाई कति संकट छ भन्ने कुरा पनि प्रष्ट हुने केसीले बताए।

‘१७ महिनामा चार चार पटक विश्वासको मत लिनुपर्ने भनेपछि सत्तापक्षलाई कति संकट रहेछ। लोकतन्त्र र गणतन्त्रमाथि कति संकट थुप्रिएको रहेछ,’ उनले भने।

केसीले सत्ता र शक्तिका लागि जसले बदमासी गर्छ उसले मूल्य चुकाउनुपर्ने पनि बताए। ‘सत्ताका लागि जे गर्न पनि तयार हुने उहाँहरूले हो नेपाली जनताका अगाडि हिसाबकिताब देखाउने,’ केसीले भने।

केसीले गणतन्त्र ल्याउनेहरूबाटै गणतन्त्रमा खतरा रहेको पनि बताए।

‘लोकतन्त्र विरोधी शक्तिहरू त लागिरहेकै थिए। अब मुख्य खतरा गणतन्त्र ल्याउनेहरूबाटै छ। के का लागि भन्दा सत्ता र शक्तिको लुछाचुँडीमा,’ उनले भने।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *