जनकपुरधाम, ८ जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदमा भइरहेको घटना दुःखद भएको टिप्पणी गर्नुभएको छ।
जनकपुरमा आज (मंगलबार) बिहान समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेपालले सांसदमा घटिरहेका घटना वार्ता र संवादबाट समाधान गर्नुपर्ने बताउनु भयो।
‘संसदमा जुन किसिमका घटनाहरु घटिरहेका छन्। वास्तवमा ती घटनाहरू सुखद छैन। वार्ता र संवादबाट ती कुराहरुको समाधान खोज्नु पदर्छ,’ उहाँले भन्नुभयो।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले आफ्नो दल उथलपुथलको राजनीतिमा नरहने समेत बताउनु भयो। जसपा नेपाल विभाजति भएर विपक्षी गठबन्धनमा जाँदा समाजवादी मोर्चाको भविष्य के हुनेबारे दलहरुबीच बसेर छलफल गर्ने उहाँको भनाइ छ।
यद्यपि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल केन्द्रमा विपक्षी गठबन्धनमा गएपनि अल्पमत मधेश सरकारमा एकीकृत समाजवादी छँदैछ।

