काठमाडौँ, ८ जेठ–नागरिकता किर्तेसम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा पठाइएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेका उनलाई आजै थप अनुसन्धानका लागि जाहेरी दर्ता भएको जिल्ला धनुषा पठाइएको हो।

कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रविन्द्र रेग्मीको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो। ‘हाम्रो काम यहाँबाट नियन्त्रणमा लिएर पठाउने हो, पठाइयो, अब बाँकी काम धनुषाले गर्छु, रेग्मीले भने।

उनलाई आजै धनुषा जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएको थियो। अनुमति पाएको केही घण्टामै पक्राउ गरेको हो।

यसअघि वैशाख १६ गते उनीविरुद्ध नागरिकता किर्तेसम्बन्धी कसुरमा जाहेरी परेको थियो। सोही घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *