कीर्तिमानी आरोही कामी रिता शेर्पा

काठमाडौं, ९ जेठ–कीर्तिमानी आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै नयाँ रेकर्ड कायम गरेका छन्।

आज बिहान शेर्पाले सर्वोच्च शिखर सगरमाथा ८,८४८‍।८६० मिटरको चुचुरोमा ३०औँ पटक आरोहण गरेका हुन्।

फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रूपमा उनले विदेशी आरोही लिएर आज विहान ७ः४९ बजे चुचुरोमा पाइला टेकेको सगरमाथाको चुचुरोमा पुगेको कम्पनीका प्रमुख तथा आधार शिविर म्यानेजर टासी लाक्पा शेर्पाले जानकारी दिए। योसँगै उनले यसै महिना २९औँ पटक सगरमाथाको आरोहणको कीर्तिमान तोडेका हुन्।

सोलुखुम्बु थामेका ५४ वर्षीया कामी रिता सगरमाथाको सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र शेर्पा गाइड तथा पर्वतारोही हुन्।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामी रिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *