काठमाडौँ, ९ जेठ–नेकपा (एकीकृत समाजवादी) ले मिडियालाई दबाबमा राख्ने कुनै पनि कार्यलाई निन्दनीय भनेको छ।
एकीकृत समाजवादीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउले प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गरेको जनाएको छ।
अध्यक्ष सिरोहियाको पक्राउलगत्तै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले विज्ञप्ति जारीगरी निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र नभएको पुष्टि गर्न सरकारलाई आग्रह गरेको छ।
‘प्रतिष्ठित सञ्चार गृह कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घटनाले प्रेस र राज्यका बिच द्वन्द्व सिर्जना गर्न खोजिएको देखिन्छ।
मिडियालाई दबाबमा राखे कुनै पनि प्रयास निन्दनीय छ,’महासचिव भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको पड्यन्त्र होइन भन्ने कुरा सरकारले तुरुन्त पुष्टि गर्नुपर्छ।’
