दमक, १९ साउन–झापाको कमल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा केशवकुमार ढकालले जिम्मेवारी सम्हालेका छन् ।
उनी, इलामको चुलाचुली गाउँपालिकाबाट कमल आएका हुन् । कमलका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य भने चुलाचुली सरुवा भै गएका छन् ।
यसैबीच, ढकालले बुधबारदेखि नै पालिका पुगेर आफ्नो कार्यभार सम्हालेका छन् । उनलाई पालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, कर्मचारीहरुले स्वागत गरेका थिए ।
स्वागत तथा सम्मान ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत ढकालले कमल गाउँपालिकाको हितको निम्ति कर्तव्य निष्ठ भएर कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाए ।
