रास्वपा सभापति रवि लामिछाने

गण्डकी, ३० कार्तिक—सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार पुनः पोखरा ल्याइएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बुटवलको सुप्रिम सहकारीको बचत रकम ठगी अभियोगमा अनुसन्धानको क्रममा बयान लिनका लागि रुपन्देही लगिएको थियो ।

बिहीबार बयान सकिएपछि लामिछानेलाई शुक्रबार दिउँसो १ स्३० बजे यति एअरलाइन्सको विमानबाट पोखरा ल्याइएको कास्की प्रहरीका प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए ।

अनुसन्धानका सन्दर्भमा उनलाई गत मङ्गलबार पोखराबाट भैरहवा लगिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *