काठमाडौं, ४ मंसिर–नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) का नेताहरू पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अनशन बसेका छन्।

अखिल ९क्रान्तिकारी० को २३ औं राष्ट्रिय सम्मेलनको स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै विद्यार्थी नेताहरू मंगलबार अनशन बसेका हुन्।

स्थगित बन्दसत्र मंसिर २३ र २४ गते काठमाडौंमा गर्न पार्टीले निर्देशन दिएको भए पनि पछिल्लो समय नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट नभई पार्टीले तोकिदिने बहस सुरू भएको भन्दै अखिल क्रान्तिकारीका निःवर्तमान उपाध्यक्ष केशव रावलसहित विद्यार्थी नेताहरूले अनशन सुरू गरेका हुन्।

‘सम्मेलनको बन्दसत्र अनिश्चित भएपछि हामीले आमरण अनसन सुरू गरेको हो,’ रावलले भने।

रावल, केन्द्रीय सदस्य खगेन्द्र रावल र जनक ढुंगाना अनशन बसेका हुन्। उनीहरूले मंसिर २३ गते नै बन्द सत्र सुरू गर्न पनि पार्टीलाई आग्रह गरेका छन्। साथै नेतृत्व पनि निर्वाचन प्रक्रियाबाट गरिनुपर्ने माग उनीहरूको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *