दमक, ७ मंसिर–किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको आव (शुक्रवार) ११औ नगर अधिवेशनको भब्य समारोहबीच उद्घाटन भएको छ ।

दमक–७ किरात भवनमा आयोजित ११औं नगर अधिवेशनको उद्घाटन चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेन लिम्बूले गर्नुभएको थियो ।

चुम्लुङ नगर अध्यक्ष देबेन्द्रराज चेम्जोङको अध्यक्षतामा र उपाध्यक्ष ओममाया आङदेम्बेले अधिवेशनको उद्घाटन समारोाहमा स्वागत मन्तव्य राख्नुभएको थियो ।

उद्घाटन समारोहमा किरात याक्थुम चुम्लुङ दमक नगर समितिलाई विशेष योगदान पुरयाँएवापत पूर्व नगर अध्यक्ष गुमानसिंह सम्बाहाम्फे र तिलकुमार शेर्मासहित ८० वर्ष माथिका हस्तबहादुर वेघा, यामबहादुर लावती, फूलकुमारी लिङदेन, हर्कबहादुर कन्दङवा, नरमाया कुरुम्भोङ लगायतका ज्येष्ठहरुलाई समेत सम्मान प्रदान गरिएको थियो ।

अधिबेशन उद्घाटन सत्रमा चुम्लुङका संघीय अध्यक्ष एक्तेन, किरात राई यायोक्खा दमकका अध्यक्ष बासुदेव राई, नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदका अध्यक्ष अमर कुमाल, चुम्लुङ जिल्ला अध्यक्ष शेसेहाङ फियाक, सचिव भीममाया नेम्बाङ, विर्तामोड अध्यक्ष हिमालय कन्दङवा, सामाजिक युवा व्यक्तित्व विक्रम थाङदेन लगायतले शुभकामना दिदैं चुम्लुङलाई सामाजिक संस्थाका रुपमा विकास गर्न एक जुट भएर लाग्नु पर्ने जोड दिएका थिए ।

अधिबेशन उद्घाटनमा पालाम गायिका दुर्गा तुम्साले पालाम प्रस्तुत गरेर स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन चुम्लुङ दमक सचिव सुकबहादुर सोदेम्बा र सहसचिव चन्द्र कन्दङवाले गरेका थिए ।

भोलि (शनिबार) विहान हुने अधिबेशनको बन्दसत्रमा चुम्लुङ दमक नगर समितिले सांगठानिक र कोषाध्यक्षद्धारा आर्थिक प्रतिवेदन पेश गरिनुका साथैं भावी कार्ययोजनाका विषयमा छलफल गरिने कार्यक्रम तय गरिएको छ ।

त्यसैगरि, भोलि शनिवारनै नेतृत्व चयनका कार्यक्रमहरु तय गरिएका छन् ।

नगर अधिवेशनमा दमकका विभिन्न ९ वटा वडाका करिब ७० जना प्रतिनिधिहरुले सहभागिता जनाएका छन् । अधिवेशनले आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयन गर्न चुम्लुङ झापा जिल्ला अध्यक्ष शेसेहाङ फियाकको संयोजकत्वमा पाँच सस्यीय निर्वाचन गठन गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *