दमक, ७ मंसिर–लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ विमोचन गर्ने भएको छ ।

लुङा प्रकाशन परिवारको आज बसेको बैठकले आउँदो मंसिर २१ गते शुक्रबार एक समारोहकाबीच दमकमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ बिमोचन गर्ने निर्णय गरेको पत्रिकाका प्रकाशक–सम्पादक सेसेमी से-नाल्बोले बताए ।

पत्रिका २५ वर्ष अघि पाँथथरको साविक मौवा गाविस, हाल तुम्बेवा गाउँपालिका २ स्थायी ठेगाना राखी प्रकाशन सुरु भएको थियो । दमक १ सम्पर्क कार्यालय रहेको लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरी विशेषाङ्क प्रकाशन गरेको हो ।

सोही समारोहका बीच दुई जना पत्रकारलाई याक्थुङ सेनाल्बो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने भएको छ । याक्थुङ सेनाल्बो पत्रकारिता पुरस्कार २०७९ र २०८० बाट क्रमशः इत्तुङ्साङ समसामयिक पत्रिकाका प्रकाशक–सम्पादक थाकुहाङ मेरिङ र धड्कन पत्रिका (भारत, आसाम) का प्रकाशक–सम्पादक लोकमान सुब्बा आङशदेम्बे पुरस्कृत हुने छन् ।

पुरस्कृत पत्रकारहरुलाई नगद २० हजार रूपैयाँ राशीसहित तामापत्र प्रदान गरिने छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *