दमक, ७ मंसिर–निजी विद्यालयहरुको छाता संगठन प्याब्सन कमल गाउँ समितिको तेस्रो पालिका अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

दमकस्थित जोङग्री रेष्टुरेन्टमा एण्ड बारमा आज (शुक्रबार) सम्पन्न प्याब्सन कमल गाउ समितिको तेस्रो ँपालिका अधिवेशनको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

सो अधिवेशनको बन्दसत्रद्धारा दीपक संग्रौलाको अध्यक्षतामा प्याब्सन कमल समितिको नेतृत्व चनय गरेको हो । सो समितिको सचिवमा त्रिलोचन गौतम र कोषाध्यक्षमा राम आङ्देम्बे छन् । त्यस्तैं, समितिको सदस्यहरुमा रुपक सापकोटा, रीता खनाल लगायत चुनिएका छन् ।

निर्वाचन समितिका संयोजक रामहरी घिमिरेका अनुसार रिक्त रहेको केहि पदाधिकारी र सदस्यहरुमा भने आगामी बैठकले चयन गरिने छ ।

प्याव्सन कमलका अध्यक्ष बदीराम राईको अध्यक्षता तथा प्याव्सन झापाका अध्यक्ष गौरीमान फागोको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा कमल गाउँपालिका शिक्षा शाखाका प्रमुख सुर्य न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनको उद्घाटन सत्रमा प्याब्सन झापाका नेताहरु अमृत तिम्सिना, डम्बर खड्का, राम सुहाङ लगायतका व्याक्तित्वहरुको उपस्थिति थियो । २०७५सालमा स्थापना भएको कमल प्याव्सनमा विभिन्न १९ वटा संस्थागत विद्यालयहरु आवद्ध छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *