काठमाण्डौं, ८ मंसिर–प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको प्रधानमन्त्री ओली स्वयंले जानकारी दिएका हुन्।

आज बुवा भेट्न प्रधानमन्त्री ओली अस्पताल पुगेका छन्।

बुवालाई भेटेको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। अहिले स्वास्थ्य स्थिति सामान्य छ।’

९४ वर्षीय मोहनप्रसाद मंसिर ३ गतेदेखि अस्पतालमा रहेको ओलीको सचिवालयले जानकारी दिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *