दमक ,८ मंसिर–नीजि बिद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) दमक नगर समितिको नयाँ नेतृत्व चयन भएको छ ।

आज (शनिवार) दमकमा सम्पन्न प्याव्सन दमक नगर समितिको तेस्रो अधिवेशनबाट नविन योगीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । योगी, दमक–५ स्थित सर्वोदय माध्यमिक बिद्यालयका प्रिन्सिपल हुन् ।

सर्वसम्मत निर्वाचित प्याब्सन दमक नगर समितिको उपाध्यक्षमा मित्र खत्री, सचिवमा लक्ष्मी नेपाल, सहसचिवमा विनोद बुढाथोकी, कोषाध्यक्षमा एलिजा सिटौला र सहकोषाध्यक्ष यमूना बुढाथोकी चुनिएका छन् ।

यस्तै, समितिको सदस्यहरुमा दिपेन्द्र पौडेल, रेनुका खनाल, प्रतिमा कोइराला, सागर सुब्बा, माधब भट्टराई लगायत चयन भएका छन् ।

प्याब्सन दमक नगर समितिका अध्यक्ष जर्नादन मैनालीको अध्यक्षतामा अधिवेशनको उद्घाटन तथा बन्दसत्र सम्पन्न भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *