दमक, ११ मंसिर । कमल गाउँपालिकामा सञ्चालित शिविरबाट १४२ जनालाई अपाङ्गताको परिचयपत्र वितरण गरिएको छ । गत मसिर ४ गतेदेखि मंसिर १० गतेसम्म सञ्चालन गरिएको शिविरमा सहभागी भएका मध्ये १४२ जनालाई अपाङ्गताको परिचय पत्र वितरण गरिएको हो ।

शिविरमा अपाङ्गता भएका व्याक्तिहरुको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान र परिचयपत्र वितरण गरिएको थियो । शिविर कमलका ७ वटै वडामा सञ्चालन गरिएको थियो ।

जसमा रातो कार्ड ११, निलो कार्ड ६७, पहेलो कार्ड ४९ र सेतो कार्ड १५ गरी जम्मा १ सय ४२ जनालाई अपाङ्गताको परिचय पत्र वितरण गरिएको कमल गाउँपालिका महिला तथा वालवालिका शाखाकी प्रमुख रिता कार्की रिजालले जानकारी दिईन् ।

२०७८ को जनगणना अनुसार कमल गाउँपालिका १ हजार १३२ जना अपाङ्गता भएका व्याक्तिहरु रहेको तथ्याङ्क सार्वजनिक भएपनि अहिले शिविर सञ्चलन गर्नु भन्दा पहिले गरिएको सर्वेक्षण अनुसार कमल गाउँपालिकामा ८ सय ९२ जना अपाङ्गता भएका व्याक्तिहरु फेला परेका थिए ।

जसमध्ये शिविर सञ्चालन अगाडी गाउँपालिकाबाट वितरण गरिएको परिचयपत्रमा रातो कार्डतर्फ पुरुष ११५ महिला ७१ गरी १८६ जना, निलो कार्ड पुरुषतर्फ १६२ महिला १०९ गरी २७१ जना, पहेलो कार्ड पुरुष ९४ महिला ५६ गरी १५० जना र सोतो कार्ड पुरुष २५ महिला २५ जम्मा ५० गरी जम्मा ६५७ जनालाई यस अघिनै परिचयपत्र वितरण गरिएको छ ।

शिविरमा थप १४२ जना गरी जम्मा ७९९ जनालाई अपाङ्गताको परिचय पत्र वितरण गरिएकोे कमल गाउँपालिकाका उपाध्यक्ष तथा यस कार्यक्रमकी संयोजक प्रमिला न्यौपाने तिवारीले जानकारी दिइन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *