काँकरभिट्टा, १२ मंसिर । भन्सार छली अवैध रुपमा भारत लान लागिएको सात सय केजी लसुन मेचीनगर नगरपालिका–६ स्थितबाँस झ्याङमा लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

हिजो राति साढे ८ वजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ स्थित बाँस झ्याङमा अवैध रुपमा लुकाई भारत लान लागिएको अवस्थामा ७०० केजी लसुन बरामद गरेको हो ।

बरामद लसुनको तीन लाख ५० हजार मुल्याङ्कन गरेर मेची भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पछिल्लो समय चाइनीज लसुन काँकरभिट्टामा गोदाम राखेर त्यहाँबाट अवैध रुपमा भारत तस्करी हुने गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *