काठमाडौँ, २ माघ–समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा भव्य कार्यक्रम गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० ले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गरौं भन्ने निर्णय भएको छ।’ त्यस्तै, यसबीचमा समाजवादी मोर्चाका बैठक र कार्यक्रम सुस्त भएकोबारे गम्भीर समीक्षा भएको पनि उहमँले जानकारी दिनुभयो।
‘हाम्रा पार्टीका आन्तरिक कामका कारण समाजवादी मोर्चा थोरै धिमा गतिमा बस्यो,’ उहाँले भन्नुभयो,‘अब त्यसलाई अघि बढाउने प्रतिवद्धता भएको छ।
’समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उहाँले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने जानकारी गराउनुभयो।
