दमक, २४ माघ–हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेक्वान्दो खेलतर्फ पदक बिजेता सगरमाथा तेक्वान्दो दोजाङका खेलाडीहरुलाई आज सम्मान गरिएको छ ।

दमक–४ स्थित एकता एकाडेमीमा अध्ययनरत पदक बिजेता चार जना तेक्वान्दो खेलाडीहरुलाई बिहिबार एक कार्यक्रमबीच सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा स्वर्ण पदक बिजेता लाजेमा लिम्बू, रजत पदक बिजेता रायना बिश्वकर्म, रजत पदक बिजेता सामना लिम्बू र कास्य पदक बिजेता सुमिना धिमाल छन् । लाजेमाले ४६ केजीतर्फ स्वर्ण पदक प्राप्त गरेका हुन् ।

त्यसैगरी, रायनाले ४९ केजी र सायनाले ४४ केजीतर्फको प्रतिस्पर्धामा रजत पदक जित्न सफल भएकी हुन् । त्यस्तैं, सुमिनाले ५२ केजी तर्फको प्रतिस्पर्धामा कास्य पदक हात पार्न सफल भएका सगरमाथा तेक्वान्दो डोजाङका प्रशिक्षक मिरा काफ्लेले जानकारी दिनुभयो ।

प्रशिक्षक काफ्लेका अनुृसार सगरमाथा तेक्वान्दो डोजाङ अन्तर्गत विभिन्न बिद्य्रालयमा प्रशिक्षार्थी विद्यार्थी खेलाडीहरुले दर्जन पदक जित्न सफल भएका छन् ।

एकता एकाडेमीले आफ्नो विद्यार्थीहरुले तेक्वान्दो खेल मार्फत विद्यालयको प्रतिष्ठा बडाएको र उनीहरुलाई थप हौसल्ला बढाउनका लागि सम्मान गरिएको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *