गोबिन ल्वागुन/झिलझिले, १९ चैत–झापाको शिबसताक्षी–११ झिलझिलेस्थित स्थानीय खेलमैदानमा सुरु हुन लागेको मेयर कपः २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक शिवसताक्षी नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईका अनुृसार यहि चैत्र २१ गते विहिबारदेखि २८ गते विहिबारसम्म सन्चालन हुने मेयर कप २०८१ को लागि तयारी अन्तिम चरणमा पुगेको हो ।

अहिले मेयर कप हुने खेलमैदान धमाधम स्टेज निर्माण, खेल मैदान बिजाउने, सम्याउने र सरसफाई गर्ने काम भैइरहेको नगर खेलकुद विकास समिति अध्यक्ष राईले बताउनुभयो ।

अध्यक्ष राईका अनुसार गेट निर्माण कार्य सम्पन्न भैसकेको छ भने, क्रीकेटको लागि पिच निर्माण र भलिबल खेलको लागि कोर्ट निर्माण धमाधम भैरहेको जानकारी दिनुभयो ।

इन्डोर खेल कबर्ड हलमा हुने बताइएको छ भने आउट डोर खेल गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा हुने नगर खेलकुद अध्यक्ष राईको भनाई छ ।

मेयर कप २०८१ मा फुट्बल, भलिबल, क्रीकेट ,एथलेटिक्स, ब्यटमिन्टन र करातेका खेलहरु संचालन हुने छ ।

मेयर कपको विद्यागत पुरस्कार राशिहरुमा क्रमश फुट्बल तर्फको बिजेताले रु ५५ हजार र उपबिजेताले रु ४१ हजारसहित ट्रफी र प्रमाणपत्र, पाउँने छन् । त्यसैगरि भलिबल र क्रीकेट बिधाका बिजेता टिमले नगद रु ३५ हजार र उपबिजेताले रु २५ हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ्न ।

त्यस्तै, एथलेटिक्स, ब्याडमिन्टन र करातेलाई समग्र रु ५०–५० हजारका दरले रकम छुट्याइएको छ ।

त्यसैगरि फुट्बलतर्फ बिदागत पुरस्कार समेत राखिएको छ ।
फुटबल प्रतियोगितामा हरेक खेलका म्यान अफ द म्याचलाई २ हजार १ सय रुपैया दिइने बताइएको छ भने अन्य बिदामा ५ हजार रुपैयाको दरले पुरस्कृत गरिने जनाइएको छ ।

यसरी पुरस्कृत गर्ने बिदाहरुमा बेस्ट गोल किपर, बेस्ट डिफेण्डर, बेस्ट फर्वर्ड, बेस्ट मिड फिल्डर र हाइ स्कोरर रहेका छ्न ।

म्यान अफ द टुनामेन्टलाई भने ११ हजर रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने र क्रीकेट र भलिबल खेलक म्यान अफ द म्याच हुने खेलाडीलाई नगद ११ सय रुपैयाद्वारा पुरस्कृत गरिने अयोजकको समितिका अध्यक्ष राइको भनाइ छ ।

न्यून अर्थिक श्रोत र उचित खेल मैदानको अभाबले गर्दा सिमित श्रोत साधनबाट ६ वटै खेलहरु सम्पन्न गर्नु पर्ने भएकोले सबै खेलहरु झिलझिले केन्द्रीत हुने छ ।

मेयर कपको औपचारिक उद्घट्न नगर प्रमुख मेगाहाङ थोप्राबाट २१ गते हुनेछ । उद्घाटनको दिन फुट्बल खेल मात्र हुनेछ भने अन्य विद्याका खेलहरु २२ गतेबाट सुचारु हुनेछ । मेयर कप २८ चैतमा समापन हुनेछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *