काठमाडौँ, २४ चैत–नेकपा (एकीकृत समाजवादी), केन्द्रीय आन्दोलन संयोजन कमिटीले नागरिक समाजका अगुवाहरूसँग छलफल गरेको छ।

आज (आइतबार) राजधानिको एक होटेलमा पार्टीका महासचिव तथा संयोजन कमिटीका संयोजक घनश्याम भुसालले नागरिक समाजका अगुवाहरूसँग पार्टीले अघि सारेको ुसुशासन र रोजगारी, समाजवादको तयारीु का सन्दर्भमा छलफल गर्नुभएको हो।

पार्टीका उपमहासचिव रामकुमार भट्टराई, आन्दोलन संयोजन कमिटीका सचिव जीवनराम श्रेष्ठको उपस्थिति रहेको छलफलमा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौला, केदारभक्त माथेमा, कृष्ण खनाल, डा।इन्द्रा अधिकारी, अनुप सुवेदी, डा।सञ्जिव उप्रेती, भोजराज पोखरेल, भाष्कर गौतमलगायत नागरिक अगुवाहरूको उपस्थिति रहेको थियो।

नागरिक अगुवाहरूले एकीकृत समाजवादीले अघि सारेको आन्दोलनको कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिनुभएको छ। साथै उहाँहरुले पहिलो पुस्ताका नेताहरुले मार्ग प्रशस्त गर्ने समय घर्किसकेको स्मरण गराउनु्भयो।

नागरिक अगुवाहरूले राजनीतिक दल, दलका र्शीष नेताहरूप्रति जनविश्वास गुमेको बताउदै एकीकृत समाजवादीले निराशालाई चिर्न र गुम्दै गरेको जनविश्वासलाई कायम राख्नका निम्ति गर्नुपर्ने आधारभूत कुराहरू आफैबाट सुरुवात गरेर आन्दोलनमा जान सुझाव दिनुभएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *