दमक, ३० चैत–नेकपा (माओबादी केन्द्र) का केन्द्रीय सदस्य झलकसिंह दर्लामी मगरले बर्तमान सरकारले भष्ट्रचार नियन्त्रण गन, सुशासन, रोजगार र विकास गर्न नसकेमा चिन्ता व्यक्त गर्नभयो । झापाको शिबसताक्षी–४ पाँचगाछीस्थित जनता बजारमा नेकपा (माओवादी केन्द्र) नगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै कोशी प्रदेशका पूर्वमन्त्री समेत रहनुभएका नेता दर्लामीले यस्तो बताउनुभएको हो ।
माओवादी केन्द्र नगर कमिटीको दोस्रो अधिवेशनबाट पुनगर्ठन कमिटीको सपथ ग्रहण, सिरुवा पर्व तथा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता दर्लामीले देशमा भष्ट्रचार बढ्दो अवस्थामा रहेको बताउनुभयो । नेता दर्लामीले देशमा भष्ट्रचार बढिरहनु, गणतन्त्रको विरोधमा अराजकवादीको सडक प्रदर्शनले हिंसात्मक गतिविधि हुँदै गर्दा त्यसलाई नियन्त्रण गर्न नसक्नुले वर्तमान सरकार असफल भएको जिकिर गर्नुभयो ।
उनले अहिले जनताबीचमा व्यापक असुन्टुष्ट र निराशा बढिरहेको बताउनुभयो । संविधान कार्यव्ययवन, संविधान संशोधन लगायतका महत्वपूर्ण काममा एमाले–कांग्रेस सरकार उदासीन रहेको नेता दर्लामीले बताउनुभयो । उनले भष्ट्रचार नियन्त्रण गर्न सरकारले कुनै जिम्मेवार कार्यक्रम बनाउन नसक्नु र भष्ट्रचारीलाई कार्वाहीको प्रकृयामा ल्याउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
वहाँले राम्रो काम गर्ने कर्मचारीलाई उपहार वा पुरुस्कार दिनुको बदलामा गाली, बदनाम र घृणा अनि तिरस्कार मात्रै गर्ने सरकारले नेपाल विद्युत प्राधिकणबाट कुलमान घिसिङलाई हटाउनु राजनीति आस्थाकै कारण पूर्वाग्राही भएको ठोकुवा गर्नुभयो ।
सो कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएको केन्द्रीय सदस्य दर्लामीले नेकपा (माओवादी केन्द्र) अहिलेको समयमा संसदमा प्रतिपक्ष दलको रुपमा जिम्मेवारका साथ प्रस्तुत हुने बताउनुभयो । वहाँले आगामी दिनमा माओवादी पार्टीलाई जनताको आशा र भरोसासहितको राम्रो पार्टी निमणिमा केन्द्रदेखि प्रदेश र पालिका स्तरमा कार्यक्रमहरु ल्याइराखेको बताउनुभयो ।
पार्टीले देशव्यापी अभियानको रुपमा तराई–मधेश जाँगरण अभियान ल्याइएको र त्यस अभियानबाट जनताबीचमा देखिएको निराशा न्यूनिकरण गर्न चाहिरहेको नेता दर्लामीले जानकारी गराउनुभयो ।
त्यस्तैं, पार्टीका प्रदेश कमिटी सदस्य रामबहादुर राईले हामी अहिले मान, स्वभिमान, सम्मान, आरोप, प्रत्यारो नगरी संगठन निर्माणमा नगरभरी परिचालन हुनुपर्ने धारणा राख्नुभयो । निर्वाचनलाई लक्षित गरेर पार्टीले कार्यक्रम निर्माण गर्नु राम्रो होइन, नेता राईले भने–काम असल गरौं । समाज र नागरिकप्रति उत्तरदायित्व र जिम्मेवार भएर काम गरौं । व्याक्ति होइन, पार्टी र संगठनलाई माथि उठाउने काम गरौं । जसले हाम्रो पार्टी बलियो बन्छ । जनताको प्रिय पार्टी बन्नेछ ।
माआोवादी केन्द्र शिबसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । चैत ९ गते, शिबसताक्षी–११ दुधेमा माओवादी केन्द्र नगर कमिटीको दोस्रो अभिवेशन सम्पन्न भएको थियो । सो अधिवेशनबाट युवा नेता दुर्गा नेम्बाङको नेतृत्वमा नगर कमिटी गठन गरिएको थियो । सो कमिटीलाई कार्यक्रमबीच सपथ गराइएको हो ।
दोस्रो नगर अधिबेशनबाट युवा नेता नेम्बाङको नेतृत्वमा ४५ जना रहेको नगर कमिटी पुनगर्ठन गरिएको हो । सो कमिटीको उपाध्यक्षमा क्रमशः राजु दर्नाल, कचाली ताजपुरिया र भुवन राई सर्बसम्म्त चयन भएका छन् । त्यस्तैं, कमिटीको सचिबमा धनकुमार ढकाल , उपसचिवमा भुवन सेन्दाङ र देबिका खनाल छन् भने कोषाध्यक्षमा हेमबहादुर कार्की (सुमन) चयन भएका छन् ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक एनपी लामिछानेले नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष नेम्बाङसहित पदाधिकारी र सदस्यहरुलाई एक साथ सपथ गराउनुभएको थियो ।
उक्त कार्यक्रममा माओवादी केन्द्र प्रदेश कमिटी उपाध्यक्ष शिवकुमार डाँगी, प्रदेश कमिटी सदस्य रामकुमार राई, प्रदेश कमिटी सद्स्य कल्पना कार्की (भुमिका), प्रदेश कमिटी सदस्य दिनेश राजवंशी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उपाध्यक्ष गणेश बजगाईले स्वागत र सचिव सञ्जय राईले संञ्चालन गर्नुभएको कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
