काठमाडौँ, १९ वैशाख–मुलुकमा सुशासन, रोजगारी र समाजवाद स्थापनाका लागि नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाले आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । ््

एकीकृत समाजवादी पार्टी केन्द्रीय निर्देशनअनुसार झापासहित देशभरीका ७७ वटै जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । एकीकृत समाजवादी जिल्ला कमिटी झापाले शुक्रबार भद्रपुरस्थित जिल्ला प्रशासन कार्यालयमा एक संक्षिप्त कार्यक्रमबीच सो ज्ञापनपत्र प्रजिअ गोपाल कुमार अधिकारीलाई बुझाइएको नेता सानुकुमार लामाले बताउनभुयो । ्

नेता लामामा अनुसार मुलुकमा सुशासन, रोजगारी र समाजवादको तयारी गर्न पार्टी केन्द्रीय निर्दैशनअनुसार ज्ञापनपत्र बुझाइएइको हो । जिल्ला कमिटीले जिल्ला र प्रदेशका समस्या, बस्तुस्थिति, बाटो, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, पारदर्शीता, जवाफदेहीता लगायतका पक्षहरू समेटेर ज्ञापनपत्र बुझाएकोे नेता लामाले जानकारी दिनुभयो ।

ज्ञापन पत्र हस्तान्त्रणमा एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी झापा अध्यक्ष बेदराज रेग्मीको नेतृत्वमा केन्द्रीय सदस्य तथा झापा इन्चार्ज पुष्पराज पोख्रेल, केन्द्रीय सदस्यहरु नीलमणी बराल, सविता भेटुवाल भण्डारीसहित प्रदेश कमिटी सदस्य तथा नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय उपाध्यक्ष शंकर थापा, प्रभु राजवंशी, समाजवादी प्रेष संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज तीर्थ सिग्देल, नेता श्री सिटौला, सुशिला तिवारी (बराल), देबीप्रसाद अधिकारी, राष्ट्रिय परिषद सदस्यहरु तारा ओली, तारा रुचाल, दुर्गा भट्टराई, जिल्ला सचिव बिपी भट्टराई, भद्रपुर नगर अध्यक्ष पदम सुब्बा, जिल्ला कार्यलय सचिव पर्शुराम शंकर, रतन राजवंशी, रामप्रसाद पोख्रेल, अखिन नेपाल महिला संघ (अनेमसंघ) झापाकी कार्यवहाक अध्यक्ष सरस्वती लिम्बू, बिर्तामोड नगर इन्चार्ज श्रीप्रसाद मिश्र, सानुकुमार लामा, भद्रपुर नगर सचिबलय सदस्य टिकबहादुर लिम्बु, नेता मेहेरमान राजवंशीलगायतको सहभािगतिा थियो ।

यसअघि, वैशाख १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमै पुगेर केन्द्रीय कमिटीका तर्फबाट पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोलिले ज्ञापन पत्र बुझाएका छन् । त्यसैगरी पालिका र वडा पालिका कमिटीले बैशाख २२ गते ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *