काठमाडौं, २५ वैशाख–नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु मधेस प्रदेशमा फेला परेका छन्। काठमाडौंमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले यस्तो जानकारी गराए।

उनका अनुसार मधेस, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ। सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु मधेस प्रदेशमा देखिएका छन्। मधेस प्रदेशमा कुल केसको एक तिहाई भन्दा बढी रहेका छन्।

दोस्रो सबैभन्दा बढी केसहरु लुम्बिनी प्रदेशमा रहेका छन्। जहाँ कुल केसको एक चौथाई भन्दा बढी रोगीहरु रहेको सचिव डाक्टर देवकोटाले बताए।

आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म नयाँ फेला परेका २ हजार ४ सय ७२ कुष्ठरोगीहरुमध्ये महिलाको संख्या १ हजार ४२ रहेको बताए। १४ वर्ष मुनिका नयाँ बिरामीको संख्या १ सय ३६ रहेको उनको भनाइ छ।

७७ जिल्लामध्ये १८ जिल्लामा १ भन्दा माथि, ४८ जिल्लामा १ भन्दा कम, ११ जिल्लामा कुष्ठरोगका कुनैपनि नयाँ बिरामी फेला परेका छैनन्।

मधेस, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ।उनले भने, ९कुष्ठरोगीहरुमध्ये महिलाको संख्या १ हजार ४२ रहेको छ भने १४ वर्ष मुनिका नयाँ बिरामीको संख्या १ सय ३६ रहेको छ। नयाँ बिरामीहरुमध्ये १ हजार ९ सय ७७ जनामा मल्टी ब्यासिलरी लेप्रोसी देखिएको छ।’

सचिव देवकोटाले पहिचान रहेका सबै कुष्ठरोगका बिरामीहरु उपचाररत रहेको बताए। उनका अनुसार कुष्ठरोग निवारणका लागि रोगको प्रकोप दर एक भन्दा कम हुनुपर्छ। प्रति १० हजार जनसंख्यामा १ जना भन्दा कम व्यक्ति रोगी रहेको अवस्था हुनुपर्छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *