दमक, २५ वैशाख–झापाको दमक–१ सुनौलो टोलस्थित आशिष प्रेस्बिटेरियन मण्डलीमा लागु पदार्थ दुर्व्यसनी संचेतना सम्बन्धि गोष्ठी सम्पन्न भएको छ ।

आशिष मण्डली सामुदायिक सेवा नामक संस्थाले आयोजना गरेको सो गोष्ठीमा दमक नगर इसाई समाज अन्तर्गत चर्चहरु, भुटानी शरणार्थी शिविर बेलडाँगीका चर्चहरु, कमल गाउँपालिकाका चर्चहरु र दक्षिणी इलामको चुलाचुलीका चर्चका अगुवा पाष्टरहरु, समाजिक नेतृत्वदायी र युवा–युवतीहरुसहित ६० जनाको उपस्थिति थियो ।

सो गोष्ठीमा सहभागिहरुबीच दिनानुदिन बढ्दो अवस्थामा रहेको लागु औषध दुर्व्यसनीलाई कसरी रोक्न सकिन्छ, यसबाट हुने सामाजिक हानिनोक्सानी, आउँदो सन्तनीलाई पार्ने नकारात्मक प्रभाव, स्थानीय सरकार, प्रहरी र समदुायसंग गर्ने साझेदारीका सम्बन्धमा छलफल भएको थियो ।

गोष्ठीमा आशिष प्रेस्बिटेरियन मण्डलीका प्रमुख पाष्टर समेत रहनुभएका दमक नगरपालिकास्तरीय लागुऔषध दुव्र्यसन नियन्त्र सम्बन्धि समितिका सदस्य आकाश थुलुङ राईले दमकमा भइरहेका प्रयास र अभियानका बारेमा बोल्नुभएको थियो ।

दमक नगर इसाई समाजको लामो समय अध्यक्षको नेतृत्व गरिसक्नुभएको पाष्टर थुलुङले दमक नगरक्षेत्रमा लागुऔषध प्रयोगकर्ताहरु र यसका कारोबार गर्ने प्रमुख अखडा बन्दै गएको चिन्ता व्यक्त गर्नुभयो । वहाँले, दमकसहित आसपासका क्षेत्रहरुमा समेत लागुऔषध प्रयोग गर्नेहरु बढ्दै गएको र यसका कारोबार गर्नेहरुको समुह पनि ठूलै रहेको बताउनुभयो ।

त्यस्तैं, गोष्ठीमा छलफलको क्रममा दमक नगर इसाई समाज अन्तर्गत विभिन्न वडाहरुमा छरिएर रहेका चर्चहरु। बेलडाँगीस्थित चर्चहरु र दमकसहित छिमेकी गाउँ वा नगरका चर्चहरुलाई समेत समेटेर लागुऔषध दुव्र्यसनी न्यूनिकरण र नियन्त्रण गर्न अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गरिने पाष्टर थुलुङले जानकारी गराउनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *