झिलिझिले, ९ जेठ–शिबसताक्षी–७ फात्तेफस्थित बालसेवा आधारभूत विद्यालयले स्वास्थ्य र सरसफाई सम्बन्धि एक दिने संचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
नगरभरीकै सामुदायीक विद्यालयहरुबीच नमुना विद्यालयको रुपमा परिचित बालसेवा आधारभूत विद्यालयले नियमित पठनपाठनसंगै खेलकुद, स्वास्थ्य र व्याक्तिगत सरसफाई सम्बन्धि विद्यार्थीहरुका लागि कार्यक्रम आयोजना गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनले विद्यार्थीहरु विद्यालयमा नियमित पठनपाठनका लागि आउँछन् तर उनीहरु व्याक्तिगत सरसफाईका बारेमा अनविज्ञ हुने बताउनुभयो ।
अध्यक्ष ल्वागुनका अनुसार ग्रामिण क्षेत्रका विद्यार्थीहरु केश (कपाल) को हेरचार गर्न र समय–समयमै कपाल काट्न सकिरहेका हुँदैनन् । यस्तो समस्यालाई मध्यनजर गर्दै बालसेवा आधारभूत विद्यालयले दमकस्थित एक सामाजिक संस्थासंगको सहकार्यमा विद्यार्थीहरुको केश (कपाल) को हेरचार, यसका महत्वसम्बन्धि जानकारी गराउनुका साथै निःशुल्क केश काट्ने कार्यक्रम आयोजना गरिएको अध्यक्ष ल्वागुनले जानकारी दिनुभयो ।
पहिलो पाइला नेपाल दमक शाखाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा बालसेवा आधारभूत विद्यालयका ८० जना विद्यार्थीहरुको केश काटिएको थियो । त्यस्तैं, आजै त्यहाँ आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरुसमेत वितरण गरिएको थियो । वितरण गरिएको शैक्षिक सामाग्रीहरुदमकका व्यवसायीहरु दयासागर आचार्य, लेखनाथ दाहाल र मोहन घिमिरेले सौजन्य गर्नुभएको हो ।
यसअघि, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन ल्वागुनको अध्यक्षता र शिबसताक्षी–७ का वडाध्यक्ष भवानी चेम्जोङको प्रमुख आतिथ्यतामा संक्षिप्त कार्यक्रम गरिएको थियो । सो अवसरमा पहिलो पाइला नेपालका अध्यक्ष गोविन्द (राजु) निरौलाले विद्यार्थीहरुले व्याक्तिगत सरसफाईमा विेशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका प्रधानध्यापक वेणुप्रसाद कार्कीले विद्यालयको विगत (स्थापनाकाल), वर्तमान र आगामी योजना र शैक्षिक अवस्थाका बारेमा जानकारी गराउदैं शब्दद्धारा स्वागत मन्तव्य राख्नुभएको थियो । प्रअ कार्कीले विद्यालयमा पूर्णरुपमा अंग्रेजी माध्यमबाट पठन पाठन हुने गरेको बताउनुभयो । त्यस्तैं, कार्कीले विद्यालयमा लिम्बू भाषाको पठनपाटन हुने गरेको र समुदायले अभियान मार्फत रकम जुटाएर विद्यालय वस सेवासमेत सञ्मचालन गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा पहिलो पाइला नेपालका अध्यक्ष गोविन्द (राजु) निरौला, उपाध्यक्ष लवराज खड्का, कोषाध्यक्ष बिनोद अधिकारी, सल्लाहकार तथा दमक उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेमबहादुर रोक्का, पहिलो पाइला नेपालका केन्द्रीय सदस्य सुरेश बराल, मेघनाथ फुयल, दिवस खतिवडा, पिउने पानी उद्योगी पदम बहादुर राउत लगायतको उपस्थिति यिथो ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ल्वागुनले केश समयमै काटौं, केशको हेरचार गरौं र व्याक्तिगत सरसफाईलाई ध्यान दिउँ भन्ने उदेश्यले आयोजना गरिएको कार्यक्रमले सकारात्मक सन्देश जानेमा आशावादी रहेको बताउनुभयो ।
