धरमपुर, २० जेठ–झापाको रतुवामाई बृक्षारोपण आयोजनाको बन क्षेत्रमा आज विहान करेन्ट लागेर जंगली हात्तीको मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिका ५ अन्तरगत रतुवामाई वृक्षारोपण आयोजनाभित्र मंगलबार करेन्ट लागेर एक हात्तिको मृत्यु भएको हो ।

विहान अन्दाजी साडे ५ बजे तिर विद्युतको फलामे पोलबाट करेन्ट लिक भएर हात्तीको मृत्यु भएको जिल्ला वन कार्यालयका कर्मचारीले जनाएका छन् ।

करेन्टका कारण मृतक हात्तीको एउटा दारा र पुरै सुड जलेर खरानी भएको छ ।

पशुचित्सिकद्वारा मृतक हात्तीको पोष्ट मार्टमपछि आवश्यक प्रकृया पुरा गरेको सद्गती गरिने वनका कर्मचारीले जनाएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *