दमक, १० साउन–झापाको दमकमा मुख्य कार्यालय रहेको उद्यम बचत तथा ऋण सहकारी संस्थाले आज (शनिबार) १७औं स्थापना दिवस मनाएको छ ।

दमक–६ फर्निचर लाईनस्थित उद्यम साकोसको कार्यालयमा आयोजित १७औं स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । रक्तदानमा ३० प्रिन्ट रगत संङ्कलन भएको छ ।

उद्यम बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष चन्द्रा खड्का भट्टराईको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको हो । संस्थाकी अध्यक्ष भट्टराईसहित ऋण उपसमितिका संयोजक बीरेन्द्र पोख्रेल, दमक तेक्वान्दो डोजाङका अध्या जीतु धिमाल,  बालकृष्ण श्रेष्ठ, गणेश भट्टराई लगायत संस्थाका कर्मचारीहरु र सदस्यहरुले रक्तदान गरेका थिए । सो कार्यक्रमा १० जना महिलाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार विभागले रक्तदानमा प्राविधिक सहयोग गरेका थिए । सोही अवसरमा संस्थाले रक्तदाताहरुलाई मायाको चीनोसहित प्रमाणपत्र वितरण गरिएको थियो । संस्थले दक्षिणी झापाको गौरादह बजारमा गौरादह सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *