कमल थापा

काठमाडौं, १७ साउन–राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा कायम व्यवस्था र प्रणालीसँग जनता असन्तुष्ट रहेको बताएका छन्।

संविधानले दिएको अधिकार अनुसार नै वर्षापछि व्यवस्था परिवर्तनका लागि आन्दोलन हुने पनि उनले बताए।

शनिबार पार्टीको काठमाडौं(७ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै थापाले लोकतन्त्रमा जनता नै सर्वेसर्वा हुने हुँदा जनताको परिवर्तनको चाहनालाई कुनै शक्तिले रोक्न नसक्ने उनले बताए।

गत जेठमा भएको आन्दोलनमा तयारी, गृहकार्य, समन्वय र रणनीतिमा केही अभाव भएकाले टुंगोमा नपुगेको भन्दै थापाले अब पूर्ण तयारी साथ आन्दोलनको आवश्यकतामा जोड दिए।

समान विचार राख्ने र परिवर्तनको हुटहुटी भएकाबीच गम्भीर चिन्तन, तयारी र स्पष्ट कार्यदिशा सहित अघि बढ्नु समयको माग भएको भन्दै थापाले अहिलेको व्यवस्थाले मुलुकको स्वाधिनता, अखण्डता, समृद्धिको चाहना पूरा हुन नसक्ने दाबी गरे।

ुभ्रष्ट उत्पादन गर्ने व्यवस्था टिक्दै टिक्दैन। जनताले विद्रोह गर्छन्,ु थापाले थपे, ुसबै क्षेत्र लथालिंग छ। मनपरीतन्त्र र सर्वसत्तावादी चिन्तन बोकेर अधिनायकवादी बाटोमा हिँड्नेहरूलाई जनताले नसिहत दिन्छन्।ु

आगामी निर्वाचनबाट जनताले मत र मन दुवै परिवर्तन गर्ने पनि उनले दाबी गरे।

भेलाले लाक्पा शेर्पाको अध्यक्षतामा २१ सदस्यीय क्षेत्रीय समिति निर्वाचित गरेको छ।

कार्यक्रममा पार्टीका नेताहरू तारानाथ लुइँटेल, अमर केशी, प्रदिप कार्की, उज्वल पोखरेल लगायतले बोलेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *