पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौं, १८ साउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक पटक फेरि नयाँ विद्रोहको आवश्यकता भएकाले आफूले त्यसैको तयारीमा रहेको बताएका छन् ।

‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धदेखि अहिलेसम्म आफू नेतृत्वमा रहेको हैसियतले एक पटक फेरि नयाँ क्रान्तिको तयारी गरेको बताए । प्रचण्डले भने, ‘एकचोटि फेरि क्रान्ति आवश्यक छ । एकचोटि नयाँ विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ, मेरो प्रतिबद्धता पनि यही नै हो र यसको तयारी पनि गरिरहेको छु । चाँडै हामी मध्यपहाडी यात्रामा निस्किन्छौं, शहीद परिवारका घरमा गएर खाइरहेका छौं, उनीहरूको दुःख सुख बुझ्ने काम पनि गरेका छौं र हाम्रो वर्गसँग जोडिदैछौं ।’

अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेला पछिल्लो पटक जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरेर बिदा दिने निर्णय गरेको तर अदालतबाट रोकिएको बताए ।

२०५९ साल साउन १८ गते दोलखाको साबिक काटाकुटी गाविस–१ बोत्ले भन्ने ठाउँमा सुरक्षा फौजको कारबाहीमा परी १५ जना माओवादी कार्यकर्ताको हत्या भएको दिनलाई सो पार्टीले बोत्ले हत्याकाण्डका रूपमा स्मरण गर्ने गरेको पूर्वमन्त्री विशाल खड्काले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *