काठमाडौँ, १८ साउन–नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले देशमा सकारात्मक सोचको अभाव देखिएको बताएका छन्।
काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कुँवरले यस्तो बताएका हुन्।
अहिले जताततै नकारात्मक सोच र ऊर्जा विकसित भएको बताए। नकारात्मक सोचलाई हटाउने कुरा अहिले चुनौती बनिरहेको पनि उनले बताए।
सकारात्मक सोच र ऊर्जा लिएर अघि बढेमात्रै देशलाई र आफ्नो भविष्यलाई सुन्दर बनाउन सकिने उनले बताए।
उनले जीवनलाई सार्थक ढंगबाट उपयोग गर्न सक्नुपर्ने बताए।

