दमक, २८ साउन–दमकस्थित खुशी–खुस्बु सीप विकास तालिम केन्द्रले आज (बुधबार) इलाका प्रहरी कार्यालय दमकमा एक दिने निःशूल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

खुशी–खुस्बु सीप विकास तालिम केन्द्रकी सञ्चालिका जमुना निरौला अधिकारीको जन्मदिनको अवसर पारेर इलाका प्रहरी कार्यालय दमकमा आयोजना गरेका एक दिने निःशूल्क स्वास्थ्य शिविरमा प्रहरी जवानहरु, महिला प्रहरीहरु, जुनियर तथा सिनियर प्रहरुी अधिकृतसमेत गरेर ७० जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

दमकमा दुई वर्षअघि स्थापना भएको खुशी–खुस्बु सीप विकास तालिम केन्द्रले महिलाहरुलाई सीपमुलक तालिमहरु मार्फत आय–आम्दानीतर्फ जोड्ने लक्ष्य राखेर व्यवसायीक तथा सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।

निःशूल्क स्वास्थ्य शिविरमा ओम शान्ति डेन्टल, बिर्ताज्योति आँखा अस्पताल र दमक हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।

स्वास्थ्य शिविरको उद्घाटन इलाका प्रहरी कार्यालय दमकका प्रमुख एबम् प्रहरी नायव उपरिक्षक (डीएसपी) रामप्रसाद तिम्सिनाले ब्यानर बाचन गरेर गर्नुभएको थियो ।

कार्यक्रममा बिर्ताज्योति आँखा अस्पतालका डाक्टर मोती बराल, ओम शान्ति डेन्टल हस्पिटलका सिपी गैरे लगायतको उपस्थिति थियो।

खुशी–खुस्बु सीप विकास तालिम केन्द्रकी सञ्चालिका एबम् महिला उद्यमी जमुना निरौला अधिकारीले राष्ट्रसेवक प्रहरीको आँखा, दाँत तथा स्वास्थ्य परीक्षण गर्ने अवसर पाउँदा खुशी लागेको बताइन्। उनले आफ्नो पार्लर र तालिम केन्द्रले विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी दिइन्।

यसअघि, खुशी–खुस्बु सीप विकास तालिम केन्द्रद्धारा लखनपुस्थित शसस्त्र प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरीहरुका लागि एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको खुशी–खुस्बु सीप विकास तालिम केन्द्रकी सञ्चालिका जमुना निरौला अधिकारीले बताईन् ।

सो अवसरमा डीएसपी तिम्सिनाले प्रहरीको स्वास्थ्य परीक्षणमा सहयोग पुर्‍याउने तथा कार्यक्रम आयोजना गर्ने सबै संघ–संस्थाप्रति आभार प्रकट गरे। उक्त शिविरबाट ६० भन्दा बढी प्रहरीहरुको स्वास्थ्य परीक्षण गरिएको खुशी छ।

स्वास्थ्य शिविर कार्यक्रममा मेची–महाकाली बुहारी संयुक्त आवाजकी अगुवाहरु सिता अधिकारी तिम्सिना, जुन भट्टराई घिमिरेसहित पत्रकार सुजन गौतम, सुर्य तिम्सिना, राजु निरौला, मेघनाथ फुयलको उपस्थिति थियो ।

शिविरको समापनको अवसरमा खुशी–खुस्बु सीप विकास तालिम केन्द्रले संस्थागततर्फबाट पाहुनाहरुलाई मायाको चीनो (उपहार) प्रदान गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *