झापा, ३१ साउन–झापाको मेचीनगर र अर्जुनधाराबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । शुक्रबार काँकरभिट्टाबाट सिमा चेकिङमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका इलामको माई नगरपालिका–२ निवासी २८ वर्षीय अविशेक राईलाई पुरानो मेचीपुल नजिकै शंका लागी चेकजाँच गर्दा बेल्टको भित्री भागमा लुकाइएको खैरो हिरोइन फेला परेको हो ।

प्लास्टिकसहित ३।४४ ग्राम र प्लास्टिक बाहेक २।६३ ग्राम लागूऔषध बरामद भएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, शुक्रबार अर्जुनधारा नगरपालिका–८ शनिश्चरे बजारस्थित दुर्गा मन्दिर टोलमा लागुऔषध बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले ३२ वर्षीय घनश्याम साहुलाई पक्राउ गरेको हो ।

चेकजाँच गर्दा साहुको साथबाट २।६६ ग्राम प्लास्टिकसहित र १।१७ ग्राम प्लास्टिक बाहेक खैरो हिरोइन, नगद ३३ हजार ४५० र मोबाइल फोन बरामद गरिएको छ । साहुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *