काठमाडौं, २ भदौं–अस्ट्रेलियामा जारी टप इन्ड टी– २० सिरिजअन्तर्गतको खेलमा नेपालले मेलबर्न स्टार्सविरुद्ध फिल्डिङ गर्ने भएको छ ।
डार्बिनमा मेलबर्नले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले बलिङ गर्ने भएको हो। जारी सिरिजमा नेपालको यो तेस्रो खेल हो। नेपालले यसअघि खेलेका दुवै खेलमा हार ब्यहोरेको छ।
नेपालले यस अघि बंगलादेश ए सँग र एनटी स्ट्राइकसँग हार बेहोरेको थियो। त्यस्तै मेलवर्न स्टार्सले यस अघि खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ।
