दमक, २ भदौं–झापाको दमकस्थित आइएमई लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले आज आठौं बार्षिकोत्सव मनाएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले सोमबार बार्षिकोत्सवमा दमकका अनाथ बालिबालिकाहरुसंग खुशीयाली साटासाट गरेर मनाएको छ ।

दमक–९ मा अवस्थित दमक अनाथ बाल आश्रममा आश्रित ३२ जना बालबालिकाहरुलाई खाना पकाएर सामूहिक भोजन कार्यक्रम गरी बार्षिकोत्सव मनाएको हो ।

जीवन बीमा क्षेत्रमा छोटो समयमै व्यवसायीक लोकप्रिैया पाउन सफल आइएमई लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले रचनात्मक कार्य गरेको शाखा प्रमुख निङमा शेर्पाले जानकारी दिनुभयो ।

सो बीचमा कम्पनीका पुराना र नयाँ अभिकर्ताहरुबीच दमक शाखाले आगामी योजना र लक्ष्यसहितका अन्नरक्रिया गरिएको थियो ।

शाखा प्रमुख शेर्पाका अनुसार आइएमई लाइफ स्थापना भएपछि पछिल्ला सात बर्षका गतिविधिहरु र त्यसका समिक्षा गरिएको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *