दमक, २ भदौं–३५औं स्थापना दिवसको अवसर पारेर दमक उद्योग बाणिज्य संघले दमकमा अन्तर बस्तुगत संघहरुबीच फुटसल प्रतियोगिता गर्ने भएको छ ।  भदौं ५ र ६ गते दमकमा आयोजना हुने फुटसल प्रतियोगिताको तयारी र टाइसिट सार्वजनिकरण गरिएको छ ।

प्रतियोगितामा बिजेता टिमले रु ३३ हजार तिन सय तेत्तीस रुपैयाँ र उप विजेता टिमले २२ हजार दुई सय २२ रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

दमक उद्योग बाणिज्य संघको हलमा सोमबार पत्रकार सम्मेलन गरेर ३५औं स्थापना दिवसमा अन्तर बस्तुगत संघहरुबीच आत्यिमता र भाइचारको सम्बन्ध कायम गर्न फुटसल प्रतियोगिता गरिएको अध्यक्ष गोपाल गुरागाईले जानकारी दिनुभयो । अध्यक्ष गुरागाईका अनुसार व्यवसायीहरु व्यवसायसंगै स्वास्थ्य जीवन यापनका लागि खेलकुदमा समेत सक्रिय छ भन्ने सन्देश फैलाउन फुटसल प्रतियोगिता गरिएको हो ।

दमक उद्योग बाणिज्य संघ अन्तर्गत खेलकुद उपसमितिका संयोजक एबम् दमक उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तुलसीराम तिम्सिनाको अध्यक्षतामा र संघका कानूनी सल्लाहकार नारायण केसीको उपस्थितिमा पत्रकार सम्मेलन भएको थियो । पत्रकार सम्मेलनबीच बस्तुगत संघका प्रतिनिधिहरु र अभिभावकप्रतियोगिताको टाइसिट लागि गोलाप्रथा गराइएको थियो ।

प्रतियोगितामा जुत्ता चप्पल, स्वास्थ्य, मोबायल, सुनचाँदी, अटो मोबायल, रेडिमेड कपडा, किराना तथा खाद्यान्न, होटल, फर्निचर तथा फर्निसिङ र निर्माण ब्यावसायीहरुको बस्तुगत संघ गरि १० वटा टिमबीच प्रतिस्पर्धा हुनेछ । संघमा १४ वटा बस्तुगत संघहरु छन् ।

पत्रकार सम्मेलनमा तृतीया उपाध्यक्ष रुवल अधिकारी, कार्यसमिति सदस्य हेम अधिकारी, बिबेक श्रेष्ठ लगायत वस्तुतग संघका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *