धरमपुर, ९ भदौं–स्थानीयस्तरमा फुटबल खेलको विकासमा काम गर्दै आइरहेका शिबसताक्षी भेट्रान फुटबल क्लबले तीज मिलन साँस्कृतिक कार्यक्रमको आय–व्यय सार्वजनिक गरेको छ ।
शिबसताक्षी भेट्रान फुटबल क्लबले आज धरमपुरस्थित याङतारु होटलमा आज (सोमबार) एक कार्यक्रमको आयोजना गरेर तीज मिलन साँस्कृतिक कार्यक्रमको आय र व्ययँ सार्वजनिक गरेको हो । क्लबले तीज मिलन साँस्कृतिक तथा सामुहकि दर खाने कार्यक्रमको आम्दानी र खर्च रुपैयाको विबरण सार्वजनिक गरिएको अध्यक्ष लीलाबहादुर जोशीले जानकारी गराए ।
धपरमपुर बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका भेट्रान फुटबल क्लबका अध्यक्ष जोशीका अनुसार आम्दानीतर्फ ४९ हजार ६५५ र खर्चतर्फ ५० हजार ४३५ भएको छ । अध्यक्ष जोशीले फुटबलप्रती रुची राख्ने खेलाडीहरु, पूर्व खेलाडीहरु, खेल क्षेत्रका शुभेच्छुक, व्यवसाय र रोजगारको शिलशिलामा बिदेशमा रहने साथीहरुको सहयोगले यसवर्षको हरितालिका तीज कार्यक्रममा सामुहिक दर सहित तीज मिलन साँस्कृतिक कार्यक्रको आयोजना गरिएको बताए ।
शिबसताक्षी भेट्रान फुटबल क्लबले भदौं ७ गते शनिबार शिबसताक्षी–१ धरमपुरस्थित धरमपुर मिनी पार्कमा तीज मिलन साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो ।
फुटबल खेलको विकासमा लामो समयदेखि क्रियाशिल क्लबले हरितालिका तीजको अवसरमा आमा दिदीबहिनीहरुलाई सामुहिक दर खाने र तीजसम्बन्धि साँस्कृतिक कार्यक्रम गरेको थियो ।
कार्यक्रममा आमा दिदीबहिनीहरुलाई दर खुवाएपछि शुभकामना आदानप्रदान गरिएको थियो । सोही कार्यक्रमबीच आमा दिदीबहिनीहरुले तीजसम्बन्धि गीतसंगीतमा छमछम नाचेका थिए ।
कार्यक्रममा क्लबका अध्यक्ष जोशीसहित उपाध्यक्ष दिलकुमार शेर्मा, सचिव गणेश श्रेष्ठ, सहसचिव सुजन भेटुवाल र कोषाध्यक्ष सन्तोष नेम्बाङ सहभागि थिए ।
त्यस्तै, कार्यक्रममा धरमपुर बजार व्यवस्थापन समितिका सचिव मनकुमार श्रेष्ठ, क्लब कार्य समिति सदस्यहरुमा देबराज राई, चन्द्र खड्का, टेकबहादु लिम्बू, किशोर सुब्बा, आइत सुब्बा, पल्टन ताजपुरिया, बिनोद ताजपुरिया, ताइन्द्र सुब्बा, राम गोपाल राईको सहभागिता थियो ।
