दमक, ९ भदौं–झापाको दमकमा महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेको सुन्दर समाज नेपालले आज दमकमा तीज मिलन कार्यक्रम गरेको छ ।
दमकमा कार्र्यरत महिला प्रहरी, नगर महिला प्रहरी, महिला पत्रकार र महिला अधिकारकर्मीहरुको सहभागितामा सुन्दर समाज नेपालले तीज मिलन कार्यक्रम सम्पन्न गरेको हो ।
सोमबार, दमकस्थित रातो पुल नजिकै खाजा एक्सप्रेस होटलमा आयोजित कार्यक्रममा समाजकी अध्यक्ष बिन्दु सिटौला (लक्की) ले यसवर्षको तीजलाई महिलाहरुबीच आपसी एकता र सहकार्यको भावना जागृत गराउने उदेश्यसहित कार्यक्रमको आयोजना गरिएको बताईन् ।

उनले प्रत्येक वर्ष मनाइने तीजमा दर बनाउने, खाने, खुवाउने, नाच्ने, रमाउने र शुभकामना आदानप्रदान गर्ने प्रचलनलाई कायम गर्दै थप नयाँ किसिमले मनाउनका लािग दमकमा फ्रन्ट लाइनमा काम गर्ने महिलाहरुको भेलापछि छलफल भएको जानकारी गराईन् ।
अध्यक्ष सिटौलाले दमकमा भेटघाट बाक्लै हुने तर उनीहरुको अवस्था, उनीहरुको भावना, उनीहरुको प्रगती, उनीहरुको समस्या र जीवन भोगाईका बारेमा नजिकबाट अन्तरंग गर्न आवश्यक ठानेर कार्यक्रम आयोजना गरिएको बताईन् ।
सिटौलाले न्याय, समानता, सशक्तिकरण र अधिकारका निम्ति महिलाहरुलाई काम गर्ने यस खाले कार्यक्रमले सकारात्मक सन्देश फैलाउन सकिने उद्घोष गरिन् ।

समाजकी अध्यक्ष सिटौलाको अध्यक्ष्तामा र समाजकी आजिवन सदस्य तथा दमककी अग्रणी महिला नेत्री दुर्गा काफ्लको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय दमककी प्रहरी हवलदार देबी बिष्ट लगायतले शुभकामना मन्तव्य राखेका थिइन् । समाजकी उपाध्यक्ष झरना लक्समले स्वागत गरेकी कार्यक्रमको सञ्चालन समाजकी पूर्व अध्यक्ष रुपा सेलिङले गरेका थिइन् ।
कार्यक्रममा प्रहरी सहयाक निरिक्षक मनु लावोती, समाजकी सदस्य अनु चेम्जोङ ताजपुरिया, विमला जोशी, पुनम सुब्बा, स्वेता सुब्बा, महिमा किरण, दीपा लिम्बु लगायत इलाका प्रहरी कार्यालय दमक, नगर महिला प्रहरीको सहभागिता थियो ।

