काठमाडौं, १४ भदौं–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको निर्णय कानुनअनुसार भएको स्पष्ट पारेका छन्।
आज (शनिबार) समाजवादी प्रेस संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले काभ्रे मालपोत कार्यालयको सिफारिस र अध्ययन प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले निर्णय गरेको बताए।
नेपालले अख्तियारले लगाएका हदबन्दीभन्दा बढी जग्गा दिने, सरकारी सम्पत्ति दुरुपयोग गर्ने आरोपहरू निराधार र प्रतिशोधप्रेरित भएको दाबी गरे।
उनका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक २–४ हजार रोपनी जग्गा निजी व्यक्तिबाट खरिद गरी मालपोत कार्यालयमार्फत प्रक्रिया अघि बढाइएको हो।